प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने चार दलको प्रयासप्रति साना दलको असहमति

 काठमाडौं  । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने चार दलको प्रयासप्रति अधिकांश साना दलले असहमति जनाएका छन् । विघटित संविधानसभा भवन नयाँबानेश्वरमा आज साँझ भएको सर्वदलीय वैठकमा सहभागी अधिकांश साना दलले ठूला दलहरुले पहिल्यै सहमतिगरी आफूहरुलाई साक्षीका लागि मात्रै बोलाएको भन्दै आपत्ति समेत जनाएका थिए । 
वैठकमा ठूला दलहरुले उनीहरुबीच भएको सहमतिका बूँदा तथा संविधान संशोधनका विषयमा समेत लिखित रुपमा प्रष्ट जानकारी नदिएको गुनासो समेत गरे । 
साना दलहरुले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नुभन्दा साना दलको नेतृत्वमा सरकार गठन गर्नुपर्ने सुझाव दिएका बताइएको छ ।
 
नेकपा