बेईजिङ । चीनको कोइलाखानीमा विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ । उत्तरी चीनको क्वेचाओ इलाकामा रहेको कोइलाखानी विष्फोट भएको हो ।
विष्फोट भएको बेला खानीमा ८३ जना कामदार कार्यरत रहेकोमा विष्फोट लगत्तै भागदौड मच्चिदा कयौं कामदार घाइते भएका छन् । जमीनमुनि पाँच सय मिटर तल रहेको कोइलाखानीमा विष्फोट लगत्तै भागेर ५३ जनाले ज्यान जोगाएका छन् । चार जना कामदार अझै हराईरहेका अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
हराईरहेका कामदारको खोजी भईरहेको जनाइएको छ । ग्यास चुहावटका कारण विस्फोट भएको जनाइएको छ । चीनमा अधिकांश कोइलाखानी नाजुक अवस्थामा रहेकाले बर्षेनी थुप्रैको ज्यान जाने गरेको छ ।
AGENCIES