काठमाडौं । सरकारले चुनावको तयारीमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्ने निर्णयगर्दै चुनावको तयारीमा जुट्न सबै पक्षलाई आग्रह गरेको हो । सिंहदरवारमा बसेको बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गरेर काम अघि वढाउन मन्त्रीहरुलाई निर्देशन दिएको बताइएको छ ।
बैठकले सरकारको काम कारवाहीबारे नियमित रुपमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउने, सबै मन्त्रालयहरुले महत्वपूर्ण निर्णय गरेको २४ घण्टा भित्र वेभसाइटमा सूचना राख्नुपर्ने, राज्यबाट प्राप्त बाहेक अन्य थप सुविधा नलिने र चालु आयोजनाहरुलाई समयमै सम्पन्न गर्न अधिकतम प्रयास गर्ने लगायतका निर्णय पनि गरेको छ ।
बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री माधवप्रसाद पौडेललाई दिएको छ । हिजो मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज बैठक बसेको हो ।
बैठकले संवैधानिक परिषद्मा मन्त्रिपरिषद्बाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लगाउने तथा निर्वाचनको मिति तोक्ने बताइए पनि त्यसबारे कुनै निर्णय नभएको जनाइएको छ ।
एकीकृत माओवादीको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आगामी निर्वाचनसम्मै सहकार्य गर्ने
काठमाडौं । एकीकृत माओवादीको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आगामी निर्वाचनसम्मै सहकार्य गर्ने भएका छन् ।
त्यसका लागि उनीहरुले भावी नीति र योजना नै तयार पार्ने निर्णय पनि गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आज बिहान बसेको गठबन्धन सचिवालयको बैठकले देशभर जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।
निर्वाचनका लागि गठबन्धनका तर्फबाट घोषणा पत्र र नाराहरु पनि तयार पारिने गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । बैठक अपरान्ह साढे ४ बजे पनि बस्ने बताइएको छ ।
RSS