पश्चिमी भारतको रत्नागिरीमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

पश्चिमी भारतको रत्नागिरी जिल्लामा आज विहान बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ जना घाइते भएको प्रहरीको भनाई उदृतगर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्रको रत्नागिरीस्थित स्थानीय एक पुलबाट बस खस्दा उक्त दुर्घटना भएको जनाइएको छ ।
बस मुम्बईबाट बिच रिसोर्ट गोवातर्फ जाँदै थियो । मुम्बईबाट गोवा दुई सय किलोमिटर टाढा पर्ने जनाइएको छ ।
Agencies