भारतको अहमेदवादस्थित राजकोट नगरपालिकाको कार्यालयलमा एक नेपाली परिवारका पाँच सदस्यले आफैमाथि आगो लगाउँदा तीन जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चार संस्थाहरुका अनुसार नगरपालिकाका अधिकारीहरुले गैरकानुनी रुपमा रहेको बस्ती हटाउने योजना बनाइरहेको बेला उनीहरुले आत्मदाहको प्रयास गरेका हुन् ।
हिन्दुस्तान टाइम्सका अनुसार तीन जना महिलासहितको उक्त परिवार मट्टितेल लिएर हिजो दिउसो सीभीक वोडीको कार्यालयमा पुगेपछि आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । आत्मदाहको प्रयास गर्नेहरुमध्ये ४० वर्षिय भरत मान सिंह, उनकी ३५ वर्षीय श्रीमती आशा सिंह र भाई गिरीश मान सिंको निधन भएको हो ।
परिवारका अन्य दुई सदस्यहरु रेखा र बसुमती सिंहको भने राजकोट सिभिक अस्पतालमा उपचार भईरहेको छ । उनीहरुले सहरको रायधापुर क्षेत्रमा रहेको आफ्नो घर भत्काउन लागेको बिरोधमा त्यसो गरेको बताइएको छ ।
RSS