इन्डोनेसियाली टापु बालीमा शनिबार समुद्रमा जहाज खसेको छ । भाग्यवश, सबै सकुशल छन् । इन्डोनेसियाली लाइन एयरको उक्त जहाजमा १ सय १ यात्रु र ७ जना चालक दलका सदस्य थिए ।
दुर्घटनामा सामान्य घाइते २२ जनाको अस्पतालमा उपचार गरिएको छ । इन्डोनेसियाकै बान्डुङबाट घरेलु उडान गरेको उक्त जहाज धावनमार्गमा बस्न नसक्दा दुर्घटना भएको जनाइएको छ ।
– Agencies