काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकमानसिंह कार्की अख्तियार प्रमुखमा नियुक्त हुनु दुखद भएको भन्दै जनतासँग माफी मागेका छन् ।
कीर्तिपुरमा बीपी चिन्तन प्रतिष्ठानको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कोइरालाले आफूहरुले अन्तिमसम्म पनि कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय सच्चाउन प्रयास गरेको तर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले त्यसलाई बेवास्ता गरेको दाबी गरे ।
प्रमुख चार दलका शीर्ष नेताहरु र रेग्मीबीचको छलफलमा आफू र एमाले अध्यक्ष झलनाथ खनालले पटक