धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली

– प्रेमनारायण आचार्य

 

धारापानी, अर्घाखाँची  । अर्घाखाँचीको धारापानी गाविस जिल्लाको पहिलो पलास्टीक मुक्त तथा  तेस्रो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ ।

 



प्रमुख जिल्ला अधिकारी गोविन्द मणि भुर्तेलले एक औपाचारिक कार्यक्रमका बिच गाविसलाई खुल्ला दिसा मुक्त गाविस र स्थानीय बिकास अधिकारी हेमराज भुसालले गाविसलाइ पलास्टीक रहित गाविस  घोषणा गर्नु भएको हो ।


 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भुर्तेलले सरसफाइको क्षेत्रमा धारापनी बासीले एक फड्को मारेको उल्लेख गर्दै यस कार्यलाइ निरनतरता प्रदान गर्न आग्रह गर्नु भयो । उहाले सुरक्षित चर्पीको प्रयोग संगै साबुन पानीले पनि हात धुदा  अधिकांस सरुवा रोगबाट बच्न सकिने पनि उल्लेख गर्नु भयो ।

 



स्थानीय बिकास अधिकारी हेमराज भुसालले स्थानीय बासिन्दाको सक्रियतामा गाविस नमुना बनेकोमा धन्यबाद ब्यक्त गर्दै निरन्तरता प्रदान गर्न आग्रह गर्नु भयो । कार्यक्रममा एकिकृत नेकपा माओबादीका जिल्ला संयोजक गोबिन्द केसी, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण केइराला , राजमोका केन्द्रिय सदस्य झबिलाल थापा , स्थानीय पाटीको तर्फबाट ठाकुर सौराग लगायतले मन्तब्य राखेका थिए ।

 



कार्यक्रममा गाविसका पुर्ब अध्यक्ष सागर केसीले गाविस स्तरिय सरसफाइको अबस्था र भाबि रणनितिको बारेमा तयार पारेको प्रतिबदेन प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रम गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष तथा गाविस सचिव जीबनारायण चुँदालीको  अध्यक्षता, रामबहादर केसीको स्वागत मन्तव्य र भुपाल पुनको सञ्चालनमा सम्पन्न भएको हो । पलास्टीक मुक्त तथा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको खुसियालीमा स्थानीय बासिन्दाहरु पञ्चेबाजा बजाएर छमछमती नाचेका छन ।

 


 

हाम्रो गौरब हाम्रो स्वाभिमान खुल्ला दिसामुक्त अर्घाखाँची हाम्रो अभियान भन्ने मूल नाराका साथ सन् २०१४ सम्म अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न जिल्लाका प्रत्येक गाविसमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गरिएको छ ।  खुल्ला दिसा मुक्त तथा सरसफाइ प्रबद्र्धन अभियान अन्तर्गत नेस्ट नेपाल र सिसेक  अर्घाखाँची , इकार्डस नेपाल र प्राग अर्घाखाँचीको सहजिकरणमा टोल, वस्ती, वाड र गाविस हुँदै जिल्लालाई नैं खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको छ ।

 

Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु