सगरमाथाको शिखरबाट ब्रिटिश आरोहीले गरेको भिडिओ कलबारे नेपाल सरकारले अनुसन्धान थालेको छ ।
ब्रिटिश पर्वतारोही ड्यानियल ह्युजले भिडिओ कल गरेर बीबीसी वर्ल्ड टेलिभिजनसंग प्रत्यक्ष कुराकानी गरेको विषयमा विवाद बढेपछि नेपाल सरकारले त्यसबारे अनुसन्धान थालेको अधिकारीहरुले बताएका छन्।
ह्युजले भिडिओ कल गर्नको निम्ति नेपाल सरकारबाट अनुमति नै नलिएको पाइएको अधिकारीहरुले जनाएका छन्।अनुसन्धानका क्रममा दोषी पाइए उनीविरुद्ध नेपाल प्रवेश निषेध सम्मको कारवाही हुनसक्ने कानुनी व्यवस्था रहेको अधिकारीहरुको भनाइ छ।
सगरमाथाको शिखर चुम्ने बित्तिकै मुखमा अक्सिजन मास्क र रातो बाक्लो पर्वतारोहण पोशाक लगाएका ह्युजले आइतबार बिहान आफुले पहिलो पटक भिडिओ कलमार्फत प्रत्यक्ष कुराकानी गर्न सफल भएको बीबीसी टेलिभिजनलाई बताएका थिए।
उनले भनेका थिए,