सप्तरी । सप्तरीको कल्याणपुरमा पूर्वसभासद् मोहमद सदरुल मियाँ हकको हत्या गरिएको छ ।
सप्तरीको कल्याणपुर गाउं विकास समिति वडा नम्बर २ विसनपुर घर भएका हकको आफ्नै पेट्रोल पम्पमा सुतिरहेका बेला गएराति हत्या गरिएको हो । सप्तरीको निर्वाचन क्षेत्र नं. ५ बाट संबिधानसभामा प्रतिनिधित्व गरेका हकलाई उनकै हुमा आयल ट्रेडर्समा घाँटी रेटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा आज बिहान फेला पारिएको थियो ।
घरबाट आफ्नै पेट्रोल पम्पमा राति सुत्न आएका र बिहान अबेरसम्म घर नफर्केपछि परिवार र पम्पका कर्मचारी हेर्न जाँदा हक मृत अवस्थामा फेला परेका हुन् । राजनीतिक वा व्यवसायीक रिसईबीले हत्या गरेको हुन सक्ने प्रहरीलेको प्रारम्भिक अनुमान छ ।
हत्यापछि आक्रोशित स्थानीयले पूर्व