लमजुङ । एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको पूर्वसन्ध्यामा लमजुङका आठवटा क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।
अखिल क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरुले आज विहानै सदरमुकाम बेसीसहरको मस्र्याङ्दी बहुमुखी क्याम्पस, भोटेओडारको भक्तिआदर्श, सुन्दरबजारको कृषि क्याम्पस, मातृभुमि क्याम्पस, दुराडाँडाको सर्वोदय क्याम्पस, भोर्लेटारको इशानेश्वर क्याम्पस र रम्घाको पुष्पलता जनएकता क्याम्पसमा एकैसाथ तालबन्दी गरेका हुन् ।
नेविसंघ कार्यकर्ताको आक्रमणमा परी आफ्ना केन्द्रीय सदस्य होमबहादुर विक लगायतका विद्यार्थी नेताहरु घाइते भएको भन्दै क्रान्तिकारीले तालावन्दी गरेको हो ।
– AGENCIES