सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा बौद्धमार्गीहरुले राखेको बुद्धको मूर्ति प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मूर्ति हटाएको भन्दै आदिवासी जनजाति महासंघले आजदेखि अनिश्चितकालिन सुर्खेत जिल्ला वन्दको घोषणा गरेको छ ।
१७ फिट अग्लो मूर्ति नेपालकै पहिलो संरक्षित वनमै राख्नुपर्ने भन्दै बौद्धमार्गीहरुले अटेर गरेपछि प्रहरीले मूर्ति निायन्त्रणमा लिएको थियो । बौद्धमार्गीहरुले हिजो मूर्ति लगेर काँक्रेविहारमा पूजापाठ गरेका थिए ।
स्थानीय प्रशासनले पुरातत्व विभाग र वनको स्वीकृति लिएर मात्र सो क्षेत्रमा मूर्ति राख्नुपर्ने बताउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अटेर गरेर मूर्ति राखेकाले नियन्त्रणमा लिइएको जनाएको छ ।
यता, गुम्बा निर्माण समितिका अध्यक्ष पञ्चसिंह रोकायले बौद्ध धर्मका गुरुहरुको अनुसार नै आफूहरुले मूर्ति राखेको दावी गरेका छन् ।