काठमाडौँ – उपराष्ट्रपति परमानन्द झा जनवादी गणतन्त्र चीनको दक्षिणपश्चिमी प्रान्त युनानको राजधानी कुनमिङमा आयोजना हुने ‘प्रथम चीन दक्षिण एसियाली व्यापार मेला’मा सहभागी हुन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्ने गरेका छन्।
उपराष्ट्रपति झाले यही जेठ २३ देखि २६ गतेसम्म कुनमिङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने उक्त व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोही दिन साँझ उनी कुनमिङबाट बेइजिङतर्फ प्रस्थान गर्ने तथा जेठ २४ गते आफ्ना चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नेछन् ।
‘साझा सन्देश, व्यावहारिक सहयोग, सबैका लागि सकारात्मक परिणाम तथा मैत्रीपूर्ण विकास’ विषयक उक्त मेलामा दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र अफ्रिकी मुलुकका विशिष्ट व्यक्तिले भाग लिने मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
मेलामा सहभागी हुने वरिष्ठ सरकारी अधिकृतहरूको टोलीको वाणिज्य एवम् आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले नेतृत्व गर्नुहुने छ भने ८० जनाभन्दा बढी नेपाली उद्यमी