कमलरी प्रथा उन्मूलन संघर्ष समितिले गरेको बन्दका कारण पश्चिम तराइको जनजीवन प्रभावित

काठमाडौं । कमलरी प्रथा उन्मूलन संघर्ष समितिले गरेको बन्दका कारण दोश्रो दिन पनि पश्चिम तराइको जनजीवन प्रभावित भएको छ ।

 

दाङ्गकी सृजना चौधरीको शंकास्पद मृत्युबारे छानविन गर्न तथा मुक्त कम्लरीहरुका लागि उचित बसोबास र अवसरको माग राखेर बन्द आह्वान गरिएको हो ।

 

बन्दका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा जनजीवन प्रभावित बनेको छ । नेपालगञ्जमा बन्दकर्ताले दुई वटा भ्यान र ६ वटा मोटरसाइकल तोडफोड गरेको खबर छ । यता काठमाडौंमा भने कमलरी प्रथा उन्मूलन संघर्ष समिति र सरकारबीच आज पनि वार्ता हुँदैछ ।

 

हिजोको वार्ता सफल नभएपछि आज फेरि वार्ता गर्न लागेको हो । महिला तथा बालबालिका मन्त्री नेतृत्वको सरकारी टोली र राजधानी आएका कमलरी प्रतिनिधिबीच हिजोदेखि वार्ता भएको हो ।

 

rss