भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीद्धारा राजीनामा

नयाँदिल्ली । भारतमा प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीले पार्टीका महत्वपूर्ण निकायहरुबाट राजीनामा दिएका छन् । भाजपाको हिजो सम्पन्न कार्यकारिणी परिषदको वैठकले गुजरातका मूख्यमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष हुने संसदीय निर्वाचनको प्रचार कमिटीको अध्यक्ष बनाएको भोलिपल्ट आडवाणीले पार्टीको कार्यकारिणी परिषद लगायतका निकायबाट राजीनामा दिएका बीबीसीले जनाएको छ ।


भाजपाको स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिकामा रहेका आडवाणीको राजीनामाले विपक्षी भाजपाभित्र विवाद बढाउने अनुमान गरिएको छ ।


आडवाणी आगामी निर्वाचनमा संसदमा विपक्षी दलकी नेतृ रहेकी सुष्मा स्वराजलाई प्रधानमन्त्रीको उमेदवार बनाउनुपर्ने पक्षमा रहेकोमा पार्टी वैठकले मोदीलाई अघि सारेपछि आडवाणीको राजीनामा आएको विश्लेषण गरिएको छ ।

 

agencies