कुलेखानी तेस्रो जलविद्युत परियोजनाको ७० प्रतिशत कार्य सम्पन्न

हेटौंडा । मकवानपुरको भैसे गाउं विकास समिति वडा नम्बर ६ सानुटारमा निर्माण भईरहेको कुलेखानी तेस्रो जलविद्युत परियोजनाको ७० प्रतिशत कार्य सम्पन्न भएको छ । ५ सय ७५ जना जनशक्ति संचालित उक्त परियोजनामा अहिले सुरुंग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 
यही साउन महिना भित्र सुरुङ निर्माणको काम सम्पन्न भएपछि मात्र विद्युत उत्पादन गृह निर्माणको कामलाई पूरा गरिने परियोजनाले जनाएको छ । आगामी २०७१ सालको आर्थिक वर्ष भित्र परियोजना सम्पन्न भई १४ मेघावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य परियोजनाको छ ।
 परियोजनाको कूल लागत २ अर्व ४३ करोड रहेको छ । जसमा नेपाल विद्युत प्राधिकरणले ७५ प्रतिशत र नेपाल सरकारको २५ प्रतिशत लगानी रहेको छ । जसमा परियोजनाको निर्माणको काम चिनिया ठेकेदार सिनो हाइड्रो कम्पनीले गरिरहेको छ । परियोजना सञ्चालनमा आएपछि नेपालमा जारी लोडसेडिङ केही कम हुने अपेक्ष गरिएको छ ।
RSS