– प्रेमनारायण आचार्य
सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय र्सतर्कता केन्द्रको टोलीले अर्घाखाँचीका सरकारी कार्यलयले दिने सेबाको बारेमा अनुगमन गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयका सचिब दर्ुगानिधी शर्मा, सहसचिब महेन्द्रप्रसाद गुरागाइ , उपसचिबहरु शिबराम न्यौपाने, तोयनाथ सुबेदी , राष्ट्रिय र्सतर्कता केन्द्रका उपसचिब शेरबहादुर ढुंगाना र अन्य अधिकृतहरुको टोलीले जिल्लामा रहेका सरकारी कार्यलयको अनुगमन गरि सेबाग्राहीले पाएको सेबा र सुबिधाको बारेमा जानकारी लिएको छ ।
सामान्य प्रशासन मन्त्रालयका सचिब दर्ुगानिधी शर्माले अर्घर्ााँचीका सबै सरकारी कार्यलयका कार्यलय प्रमुखलाइ सेबाग्राहीलाइ सेबा दिने र काम छिटो छरितो गर्नेमा कुनै पनि कसुर बाकी नराख्न निर्देसन दिनु भएको प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भर्ुर्तेलले जानकारी दिनु भयो ।
सन्धिखर्कमा आज सेबाग्राहीको सन्तुष्टी र्सर्भेक्षण सम्बन्धमा कार्यलय प्रमुख तथा प्रशासन फाटका कर्मचारीहरु संग भएको अन्तरक्रियामा सेबाग्राहीको काम गर्ने र सेबा दिने कर्मचारीको मुख्य कर्तब्य भएकाले आफ्नो कर्तब्य निर्बाह गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय र्सतर्कता केन्द्रको टोलिले कार्य सम्पादन मुल्यांकन, र गुनासो ब्यबस्थापन बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अनत्रकृया कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।