बाबु रोका मगर”अपरिचित”
छिमेकी राष्ट्र भारतमा यो नेपाली हो भनेर ठ्याक्क चिन्दछन कस्लाई होला? जसको साना-साना आँखा,थेप्चो नाक,बाटुलो मुहार,चिल्लो,गोरो समग्र मा भन्नु पर्दा गुरुङ,मगर जसको मंगोलियन फेस(अनुहार)छ । यस्तो अनुहार देख्ने बितिकै नेपाली भनिहाल्छन जसमा म पनि परेको छु ।
मलाई गर्व छ कि म पनि मंगोलियन अनुहार को रहेछु त्यसैले त मलाई झट्ट देख्न साथ नेपाली हो भनेर चिन्दछन | यसमा म आफुलाई अती भाग्यमानी ठानेको छु । हो म “नेपाली” नै हो र “नेपाली” नै रहने छु।
मैले भारतको बिभिन्न ठाँउहरु मा यात्राको क्रम मा देखेको अनी भोगेको कुरा हो म मात्र न भएर मंगोलियन अनुहार भएका अरु मनिस हरुलाई पनि देख्न साथ नेपाली नै हो भनेर सम्झन्छन्। अनी भन्न सुरु गर्छन् कान्चा(कान्छा),बादुर(बहादुर)अरे दाजु? ओ साथी भाई राम्रो? आदी इत्यादी हो हामी बहादु हौ,कान्छा पनि हौ उनिहरुले यस्तो तरिकाले हामीले पुकारेको मा मलाई खुशी त लाग्छ नै साथ मा दु:ख पनि त्यती नै लागि रहेको हुन्छ । दु:ख किन भन्दा उनिहरुले हामीहरुलाई सान ले होइन मजाक उडाउदै अनी हेपेर भनिरहेका हुन्छन | सान त के नै छ र नेपाली हरुको? साना देखी लिएर ठुला नेता,अभिनेता,मन्त्री तह का मान्छे हरुको मजाक उडाउछन । आखिर किन होला….?
सान देखाउने लाएक को भएपो देखाउने होइन र? प्रसँग बदलौ कहिले काही त्यहाँ का मान्छेहरु सँग काम को शिलशिला मा परिचय गर्नु पर्दा म नेपालको हुँ भन्दा गिज्जाएको जस्तो गरेर “अच्छा आप नेपाल के हो”?भन्दै कुनै वास्ता नगरेको जस्तो गर्दछन | कोही कोही त नेपाल र नेपाली को वारेमा नराम्रा कुराहरु गर्न थाल्दछन नेपाल मे ऐसा होता है वैसा होता है…..भन्दै नेपाल न देखेको मान्छेले पनि नेपालको गुणगान गाउन थाल्छन हुन त सबै भारतीय यस्तै हुन्छन भनेको चाँही होइन तर प्राय आजकाल का नयाँ पिढिका मान्छेहरुको सोच यस्तै छ जस्तो लाग्छ । सायद उनिहरुका अभिभावक हरुले नेपाल कस्तो देश हो र नेपालीहरु कस्ता हुन्छन भन्ने वारेमा सिकाएका छैनन होला ।
भारत का ९० प्रतिशत मान्छेहरुले मंगोलियन अनुहार भएका मानिसहरुलाई प्रथम मा नेपाली,दोश्रोमा तिबतियन तेस्रो मा मनिपुरी,अछामी अन्य बाँकी जो हाइफाइ अली स्मार्ट अनी महंगा कार मा चढेर हिड्छन् उनिहरुलाई बिदेशी टुरिस्ट सम्झन्छन् | एक दिन म दिल्ली को ईन्डिया गेट मा म मेरो अंकल,अन्टीहरुलाई पर्खेर घुम्दै थिए त्यहाँ ५ जना इन्डियन केटाहरु आए अनी मलाई देखेर उनिहरु आपसमा खुसुर-पुसुर गर्दै थिए त्यतिकैमा एकजना केटाले भन्यो “अरे यार नेपाल तो हमारा एक स्टेट है न?” अर्कोले भन्यो अरे नहीं यार नेपाल तो अलग कन्ट्री है । फेरी पनि उसले भन्यो अगर नेपाल अलग कन्ट्री है तो वहां पर हमारा पैसा चल्ता है हमारे गाडी भि जाते है और वहाँके लोग हमारे पुलिस और आर्मी मे भि है सब कुछ हमरा चल् रहा है उपर से राष्ट्रपती भि हमारे यहाँ का है | मलाई सार्है दु:ख लागेर आयो । मैले भने उनिहरुको भाषा मा “हेर भाई तिमीले नेपालको वारेमा जे सोचेका छौ त्यो गलत हो र तिमीले भनेका कुरा पनि सही हो तर नेपाल तिम्रो भारत को स्टेट होइन त्यो त हाम्रो अलग राष्ट्र नेपाल हो | उनिहरुले भने “अबे तु बिच मे क्यु पड् रहा है” मैले भने किनकी म नेपाली हुँ तिमीहरु नेपालको वारेमा कुरा गर्दै छौ नि ? तो तु क्या करलेगा ? यस्तै केही बेर उनिहरुको र मेरो राम्रै बहस भयो | कुरा बढ्दै जान्थ्यो होला म एक्लो मान्छे इन्डिया गेट जस्तो ठाँउ मा उनिहरु सँग धेरै बहस गर्न मलाई उचित लागेन सम्योगबस अंकल अन्टी पनि आउनु भयो र म उँहाहरुलाई घुमाउन कनाट पैलेस तिर लागे।
उनिहरुले मलाई देखेर नै नेपालको वारेमा कुरा निकालेका थिए | मेरो फेस मंगोलियन भयो म नेपाली नै हुँ तर नेपाली देख्ने बितिकै यस्ता प्रतिकृया हरु किन गर्छन् होला ? पक्कै हामी नेपालीहरुमा केही त कमी छ | म जस्तो मंगोलियन फेस भएका सबैले यस्ता कुराहरु सुन्न अनी भोग्न पर्दोरहेछ | के मंगोलियन अनुहार भएका मात्र नेपाली हुन त? अरु चाँही को हुन ? नेपाल का अरु अन्य जातिका मान्छेहरु को अनुहार भारतीय आर्य जाती सँग मिल्दछ | म स्वयम कतिपटक ति नेपाली ब्यक्तिहरु सँग भेट हुँदा कन्फ्युज मा हुन्छु र सुरु मा कुरा गर्दा हिन्दी बाट नै सुरु गर्नु पर्ने हुन्छ | कताकती नेपालीहरुले त म नेपाली हो नेपाली मै कुरा गरौ भनी हाल्नु हुन्छ र खुशी लाग्छ नेपाली हुनुहुदो रहेछ भनेर।
कोही नेपाली दाजुभाइ नेपाली भएर पनि आफुलाई इन्डियन भएको प्रमाणित गराउनु खोज्नु हुन्छ।
मैले देखेको पनि हो सुनेको पनि हो आर्यन मुहार भएका नेपाली दाजुभाइ हरुले आफु इन्डियन नै भएको बताउनु हुँदो रहेछ | कस्तो अचम्म है अनुहार ले पनि यस्तो फरक पार्दो रहेछ। नेपाली ले नेपाली हुँ भन्न पनि लाज मान्ने यस्ता खाले नेपालीहरु भारत मा हुनुहुदो रहेछ | वास्तब मा नेपाली हुनुमा सबै नेपाली हरुलाई गर्व रहेनछ | हो यहाँ कोही नेपाली हरुले गलत कार्य गरेर बदनामी पनि गरेका छन | तर सबै नेपाली हरुलाई त्यही माटो मा मुछ्न खोजिन्छ त्यसैले होला नेपाली हरुलाई जहां पनि घ्रिणा को पात्र बनाउने र नेपाली हरुले डराएर म नेपाली हुँ भन्न न चाहने । मैले यहाँ जातिपातिको कुरा गर्न खोजेको चाँही होइन है | म त एउटा सिंगो राष्ट्र नेपाल र नेपाली को कुरा मात्र गरेको यदी यो कुराले अन्य नेपाली हरुलाई दुखी पुर्याउछ भने म त्यस मा माफि चाहन्छु । नेपाल रहे मात्र हामी नेपाली रहने हो कुनै जात जाती होइन ।