प्यूठान । प्यूठानको गोठिवाङमा पहिरोले गाडी पुरिंदा रोल्पा जिल्ला विकास समितिका दुई कर्मचारीको मृत्यु भएको छ । आज विहान ६ बजे सडक माथिबाट खसेको पहिरोले पुरिएर रोल्पा जिल्ला विकास समितिमा कार्यरत इन्जिनियर देबराज आचार्य र कर्मचारी लोकबहादुर खड्काको मृत्यु भएको हो ।
दाङबाट रोल्पाको लिवाङ जाने क्रममा प्यृठानको गोठीबाङ गाविस वडा नम्बर २ लामाचौर नजिक विबाङ भन्ने ठाउंमा सडक अवरुद्ध भएर जीप रोकिराखेको अवस्थामा माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको हो ।
घटनामा रोल्पाको लिबाङ गाविसका भुवन श्रेष्ठ सामान्य घाइते भएका छन्।
RSS