अष्ट्रेलियाका प्रधानमन्त्री रुडद्धारा डुंगा चढेर आफ्नो मुलुकमा शरण माग्न आउने विदेशीहरुलाई शरण नदिइने घोषणा

अष्ट्रेलियाका प्रधानमन्त्री केभिन रुडले डुंगा चढेर आफ्नो मुलुकमा शरण माग्न आउने विदेशीहरुलाई शरण नदिइने घोषणा गरेका छन् । आमचुनाव अघि मुलुकमा विदेशी नागरिकलाई शरण दिने सम्बन्धमा नयाँ नीति तयार गरे लगत्तै रुडले यस्तो घोषणा गरेका हुन् ।


ब्रिस्वनमा पपुवा न्यु गिनीका प्रधामन्त्री पिटर ओ निलसँगको वार्तापछि अष्टेलियाली प्रधानमन्त्री रुडले यसरी शरण माग्न आउने विदेशीलाई पपुवा न्यु गिनी पठाइने जानकारी दिए । यस बापत पपुवा न्यु गिनीलाई अष्ट्रेलियाले विभिन्न क्षेत्रमा सहयोग गर्ने सहमति भएको छ ।


प्रधानमन्त्री रुडले सीमा सुरक्षाका लागि कडा निर्णय लिइएको बताए । अष्ट्रेलियामा पछिल्लो समय शरण खोज्दै डुंगाबाट आउने विदेशी नागरिकको संख्या अत्यधिक बढेको छ ।

 

Agencies