नेकपा-माओवादीका मोहन बैद्यद्धारा राष्ट्रियताको आन्दोलनमा पूर्व राजासँग पनि सहकार्य हुनसक्ने धारणा व्यक्त

प्रताप बिष्ट

 

काठमाडौ – नेकपा-माओवादी अध्यक्ष मोहन बैद्यले राष्ट्रियताको आन्दोलनमा पूर्व राजासँग पनि सहकार्य हुनसक्ने धारणा राखेका छन् ।

 

‘राष्ट्रियताको र स्वाधीनताको सवालमा जो सँग पनि सहकार्य हुन सक्छ’, क्रान्तिकारी पत्रकार महासंघले हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाटमा बैद्यले भने,’राष्ट्रियताको आन्दोलनमा पूर्व राजा आएपनि केही फरक पर्दैन ।’


बैद्यले आफ्नो पार्टीलाई पाखा लगाएर चुनाव गरिए जुनसुकै हालतमा प्रतिकार गर्ने चेतावनी दिए ।

 

 ‘हामीलाई पाखा लगाइए सशक्त ढंगले चुनाव बिचोल्छौ’, बैद्यले भने,’आवश्यकता अनुसार जस्तोकुनै कारवाही पनि गर्नेछौं ।’ उनले पूर्व शर्त राखेर सरकार र उच्चस्तरीय राजनीतिक समितिसाग वार्तामा नजाने प्रष्ट पारे ।