सिरिया । चरम आन्तरिक राजनीतिक हिंसामा फसेको अरबी मुलुक सिरियामा मारिनेको संख्या एक लाख नाघेको छ । मारिने सिरियाली नागरिकको तथ्यांक सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघका महासचिव वान की मूनले आपतकालीन राजनीतिक निकास खोज्न ढिला भैसकेको बताए । पछिल्लो एक महिनामा मात्र सात हजारभन्दा बढी सिरियाली मारिएको तथ्यांक छ ।
न्यूयोर्कस्थित राष्ट्रसंघीय मूख्यालयमा अमेरिकी विदेश मन्त्री जोन केरीसहितको उपस्थितिमा मृत्युको डरलाग्दो तथ्यांक सार्वजनिक गर्दै वानले शान्तिका लागि तत्काल ताजा प्रयास थालिनुपर्नेमा जोड दिए ।
राष्ट्रपति बशार अल असादविरुद्ध विपक्षीहरुले दुई वर्षदेखि चलाइरहेको आन्दोलनमा १७ लाखभन्दा बढी सिरियाली छिमेकी देशहरुमा शरण लिन बाध्य भएका छन् । महासचिव वानले दुबै पक्षलाई हिंसा रोकेर वार्तामा बस्न फेरि पनि अपील गरेका छन् ।
समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेसम्बन्धमा अमेरिका र रुसबीच सहमति बन्न नसक्दा सिरियामा भने अनाहकमा सर्वसाधारण मारिनेक्रम बढेको हो ।
Agencies