भारतले मौसमसम्बन्धी भविष्यवाणी गर्ने इनसेट थ्री डी उपग्रह अन्तरिक्षमा

नयाँदिल्ली । भारतले मौसमसम्बन्धी भविष्यवाणी गर्ने इनसेट थ्री डी उपग्रह अन्तरिक्षमा पठाएको छ । यो उपग्रह एरियन ५ नामक रकेटमार्फत सफलतापूर्वक प्रक्षेपण गरियो ।

 

उपग्रहले अन्तरीक्षमा रही मौसम सम्बन्धी अनुसन्धान गर्नेछ । प्रक्षेपण गरिएको उपग्रहमा जडान गरिएको १९ च्यानलको पेलोडले तापमान, आद्रता र वजनबारेमा अध्ययन अनुसन्धान गर्नेछ । साथै यसले मौसम बिज्ञान, जल बिज्ञान र सामुद्रिक बिज्ञानसम्बन्धी थप अनुसन्धान गर्नुका साथै यसबारे भविष्यबाणी गर्नेछ ।

 

 उपग्रहले अगस्टको दोश्रो सातादेखि अनुसन्धान थाल्नेछ । यसको वजन २ हजार ६० किलोको रहेको भारतीय बैज्ञानिकहरुले जनाएका छन् ।

 

Agencies