अत्यधिक मोटो भएकै कारणले दक्षिण अफ्रिकी सेफ अल्बर्ट बुईटेनहुइसले न्यूजिल्याण्ड छाड्नुपर्ने

अत्यधिक मोटो भएकै कारणले दक्षिण अफ्रिकी सेफ अल्बर्ट बुईटेनहुइसले न्यूजिल्याण्ड छाड्नुपर्ने भएको छ । अद्यागमन अधिकारीहरुले १ सय ३० केजी तौल भएका अल्बर्टसँग स्वीकार्य हुने स्वास्थ्य मापदण्ड नभएको जनाएका छन् । 
क्रिश्चर्च शहरमा ६ वर्ष देखि बस्दै आएका उनले अब बढी मोटो भएकै कारण न्यूजिल्याण्ड छोड्नुपर्ने भएको   छ । सुरुमा न्यूजिल्याण्ड आउंदा उनको तौल १ सय ६० केजी थियो । 
अद्यागमन विभागका प्रवक्ताले न्यूजिल्याण्डको स्वास्थ्य सेवाको न्यूनतम मापदण्ड पूरा नगरेका कारण अल्वर्टले आफ्नो मुलुकमा बस्न अनुमति नपाउने स्पष्ट पारेका छन् । 
विकसित मुलुकहरु मध्ये बढी मोटोपन भएका मानिसहरु बसोबास गर्ने न्यूजिल्याण्डमा करिब ३० प्रतिशन जनता बढी तौलका छन् ।
Agencies