सर्लाहीको सार्वजनिक पोखरीमा डुबेर ४ जना बालबालिकाको मृत्यु, रुकुमको भट्टेचौरमा पहिरोले पुरिएर एक १७ वर्षीया किशोरीको मृत्यु

सर्लाही । सर्लाहीको सासापुरमा रहेको सार्वजनिक पोखरीमा डुबेर आज ४ जना बालबालिकाको मृत्यु भएको छ ।
 मृत्यु हुनेमा सासापुरका १३ वर्षीया मन्तुर साह, १३ वर्षीया शिवकुमारी महतो, १० वर्षीया चन्चला साह र १२ वर्षीया पार्वती साह रहेका छन् ।
गाईवस्तु चराउन गएका बेला नुहाउन पोखरीमा छिरेका उनीहरु बाहिर नआएपछि स्थानीयले खोज्दा पोखरीमा मृत फेला परेका प्रहरीले जनाएको छ ।
RSS
रुकुमको भट्टेचौरमा पहिरोले पुरिएर एक १७ वर्षीया किशोरीको मृत्यु
रुकुम  । रुकुमको सिस्ने गाउँ विकास समिति भट्टेचौरमा पहिरोले पुरिएर एक किशोरीको मृत्यु भएको छ । पहिरोमा पुरिएर १७ वर्षीया भावना बुढाको मृत्यु भएको हो । 
पहिरोमा परी लक्ष्मी बुढा र अमकुमारी बुढा घाइते भएका छन् । पहिरोले दुई वटा घर समेत बगाएको प्रहरीले जनाएको छ ।
RSS