– पशुपती श्रेष्ठ
अडगुरी, अर्घाखाँची । राष्टिय जनमुक्ती पार्टी अडगुरी गाउँ कार्यसमितिको आयोजनामा अडगुरी गाविस वार्ड नम्बर १ मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
खुम बहादुर झाक्रिको अध्यक्षता टोप बहादुर वलालको प्रमुख आथीत्यता जिल्ला कार्यसमितिका उपाध्यक्ष टुक बहादुर नेपालीको विषेस आथीत्यता रहेको कार्यक्रममा टुक बहादुर नेपालीले उपस्थित कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो।
आफ्नो मन्त्व्य राख्दै टोप बहादुर वलालले अब हुने सविधान सभाको चुनावमा जन्मुक्ती विचार धारा बहुजातिय समाजवादलाई राष्टिय जन्मुक्ती पार्टीले प्रमुख एजेण्डा बनाएकोले भारी मतले विजय हुने बताउनु भयो ।
भेलाले ९ सदस्यिय रहने गरी वार्ड कार्य समितिको पनि गठन गरेको छ|जस्को अध्यक्षमा मनिकला झाक्री सचिवमा बिष्णु दर्लामी कोषाध्यक्षमा केशब घले सद्स्यहरुमा लक्ष्मी भट्टराई, शान्ता विक, मिना राना, खगिश्रा गुरुङ, मिन बहादुर झाक्री, मोहन पुन रहनुभएको ईन्द्र गेलाङले जानकारी दिनुभएको छ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।