वाङलामा खुल्ला दिसामुक्त तथा पूर्ण सरसफाइ सम्बन्धी सचेतीकरण तथा अभिमुखिकरण तालिम सम्पन्न

वाङ्ला, अर्घाखाँची । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको आयोजनामा वाङला गाविसका सबै विद्यालयका प्रअ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी र सरोकारवालाहरुको खुल्ला दिसामुक्त तथा पूर्ण सरसफाइ सम्बन्धी सचेतीकरण तथा अभिमुखिकरण तालिम सम्पन्न गरियो ।

 


जिवनोद्वार उच्च माविमा सञ्चालित तालिममा सफलताको कथा नामक भिडियो हेर्दै सहभागिहरु

 

वडा नं ५ को सरस्वती निमाविमा वडा नं १ देखि ५ वडाका चारवटा बिद्यालयबाट ३२ जनाको सहभागिता रहेको तालिमको सहजीकरण इकार्डस् प्रागको तर्फबाट प्रेम नारायण गैरे र जि एस एफ प्रोग्रामका जिल्ला संयोजक विष्णु दवाडीले गर्नु भएको थियो । 



त्यसै गरि जीवनोद्वार उच्च माविमा सञ्चालन गरिएको कार्यक्रममा वडा नं ६ देखि ९ का ६ वटा बिद्यालयबाट ५० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण इकार्डस् प्रागको तर्फबाट गोपाल घिमिरे र जि एस एफ प्रोग्रामका जिल्ला संयोजक विष्णु दवाडीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी नम बहादुर सिंहले शिक्षा क्षेत्रले जिल्लाले लिएको सरसफाइ लक्ष्यलाई पुरा गर्न अभियानको नेतृत्व स्थानीय स्तरबाट गरिनु पर्ने र शैक्षिक क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरि विद्यालय र विद्यालय सेवा क्षेत्रलाई नमुना बनाउनु पर्ने भनाई राख्नु भएको थियो ।

 

कार्यक्रममा नेपालको सरसफाइ गुरुयोजना, नेपालको राष्ट्रिय लक्ष्य, अर्घाखाँची जिल्लाको खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य, नेपालमा सरसफाइको विकासक्रम, खुल्ला दिसामुक्त अभियान, सरोकारवालाहरुको भूमिका आदिको बारेमा प्रस्तुतिकरण तथा छलफल गरिएको थियो । नेपालको सरसफाइ गुरुयोजना सार्वजनिकीकरण, चर्पी बिहे र सफलताको कथा नामक भिडियो समेत प्रदशर्न गरिएको थियो । २०७० असार मसान्तको संङ्कलित तथ्याङ्क अनुसार हाल १२२४ घर संङ्ख्या रहेको वाङ्लामा ६१३ सुरक्षित चर्पी रहेको छ ।

 


जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी एवं विद्यालय स्रोत ब्यक्ति नम बहादुर सिंह-मन्तब्य ब्यक्त गर्दै

 

कार्यक्रममा गाविस सचिव एवं गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष बिष्णु प्रसाद भट्टराईको समेत उपस्थिति थियो । सम्बन्धित बिद्यालयका प्र अ तथा प्राचार्यको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी मध्येका वक्ताहरुले सरसफाइ अभियान अति नै पवित्र र आवश्यक अभियान रहेछ भन्ने जानकारी पाएकोले सो अभियानमा आत्मादेखि नै लाग्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । गत बर्ष साउन महिना देखि जिल्लाका ३२ गाविसमा र फाल्गुण महिना देखि थप १० गाविसमा गरि ४२ वटै गाविसमा ग्लोबल सेनिटेसन फण्डको आर्थिक सहयोगमा नेष्ट, इकार्डस् सिसेक, प्राग र लुम्बिनी सामाजिक विकास केन्द्र नामक संस्थाहरुले पूर्ण सरसफाइ अभियान अन्तर्गत क्षमता अभिबृद्धि, क्षेत्रगत समन्वय र खुल्ला दिसामुक्त तथा सरसफाइ र स्वच्छता प्रवर्धन जस्ता क्षेत्रहरुमा  सहजीकरण गर्दै आईरहेका छन् । 


Premnarayan Acharya in Arghakhanchi contributed to this report.




 


Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।






अन्य समाचारहरु