विश्वका केही देशका कारागारबाट कैदी भगाउन थालेपछि विश्वभर सुरक्षा सतर्कता

फ्रान्स  । आतंकबादी संजाल अलकायदाले विश्वका केही देशका कारागारबाट कैदी भगाउन थालेपछि इन्टरपोलले विश्वभर सुरक्षा सतर्कता अपनाएको छ । 
ईराक, लीबिया, र पाकिस्तानको कारागारबाट कैदी भगाइएको सन्दर्भमा इन्टरपोलले आफना एक सय ९० सदस्य राष्ट्रलाई यसबारे खबरदारी गर्न निर्देशन दिएको छ । 
कारागारबाट भागेका कैदीमा ३० जना खतरनाक आतंकबादी रहेको उल्लेख गर्दै इन्टरपोलले मध्यपूर्वसहित अरु राष्ट्रमा पनि उच्च सतर्कताका लागि ध्यानाकर्षण गराएको हो । 
गत २२ जुलाईमा इराकका दुई कारागारबाट सयौं कैदी भगाएको अलकायदाले ३० जुलाईमा पाकिस्तानको डेरा इस्माइल खान कारागारबाट तालिवानीहरुले कारागारमा आक्रमण गरी थुप्रै कैदी भगाएका थिए । अमेरिकाले आफना नागरिकलाई अलकायदाबाट सचेत रहन अपील गरेकै बेला इन्टरपोलले पनि यो उच्च सतर्कता अपनाएको हो ।
Agencies