पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई गर्न भन्दै कांग्रेसद्धारा चितवन जिल्ला बन्द फिर्ता

चितवन । चितवन कांग्रेसले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई गर्नपर्ने माग गर्दै आह्वान गरेको जिल्ला बन्द आज दिउँसो १ बजेबाट फिर्ता लिइएको छ । कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार बन्द फिर्ता गरिएको चितवन कांग्रेसले जनाएको छ । 
यसअघि भ्रातृ संगठन तरुण दलले बन्द गरेकोमा आज मातृ पार्टी नै बन्दमा उत्रेको थियो । बन्दका क्रममा जनजीवन नराम्ररी प्रभावित भएको थियो । 
उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले भने गुण्डागर्दी गर्ने कसैलाई पनि राजनीतिक दवाबमा नछाडिने बताएका छन् । 
भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई र कार्यकर्ता यमबहादुर कार्कीलाई प्रहरीले गत मंगलबार पक्रेर थुनेको छ ।
RSS

रिहाई गर्नपर्ने माग गर्दै आह्वान गरेको जिल्ला बन्द 
चितवन । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई गर्न भन्दै चितवन कांग्रेसले आज चितवन जिल्ला बन्द गराएको छ । यसअघि भ्रातृ संगठन तरुण दल बन्दमा सामेल भइरहेका बेला आज मातृ पार्टी नै बन्दमा उत्रेको हो । बन्दले जनजीवन नराम्ररी प्रभावित भएको छ ।
प्रहरी प्रशासनले छलफल र सहमति नचाहेकाले पार्टी नै बन्दमा उत्रिनु परेको तर्क जिल्ला सचिव सुनिल श्रेष्ठको छ । कार्यकर्ता नछाड्दासम्म बन्द कायम रहने धम्की दिइएको छ । 
बन्दका कारण यातायात र बजार ठप्प छन् । विहानैदेखि बन्दकर्ता नारायणगढ, शहीदचोक, पूर्वी चितवनको रत्नगरलगायतका स्थानमा जम्मा भई प्रदर्शन गरिरहेका छन् । सुरक्षा सतर्कता पनि त्यत्तिकै अपनाइएको छ ।
उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले भने गुण्डागर्दी गर्ने कसैलाई पनि राजनीतिक दवाबमा नछाडिने बताए । 
भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई र कार्यकर्ता यमबहादुर कार्कीलाई प्रहरीले गत मंगलबार पक्रेको थियो ।
RSS