बाबु रोका मगर “अपरिचित”
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
नेपाल चमत्कारी को देश हो यो सुनेर
एक अमेरिकी व्रेन मैक क्युलर्स नेपाल भर्मण आयो |
भर्मण को चमत्कार देखेर उसको टाउको फनफनी घुमायो |
एरपोर्ट बाट बाहिर आउन साथ मन्दिर देख्यो
अनी सोच्यो जेहोस् भर्मण चाँही राम्रो हुने भयो |
मन्दिरको दर्शन गरी तल झर्यो क्युलर्स उसको विश्वास लाई कसैले छोयो |
एउटा चमत्कर भयो उ मन्दिरको सिढीमा बसेर रुन थाल्यो |
एउटा श्वेत ध्वल अचम्मको हिमाच्छाहित देवदुत आएर उसलाई गीताको उपदेश दिन थाल्यो |
भन्न लाग्यो| शोक नगर धैर्य धारण गर जे हुनु छ त्यो भएरै छोड्छ बिल्कुल ठीक भन्यो |
उसलाई हेर मेरो पनि गयो तुच्छ चप्पलको लागी आसुँ बगाइरहेछौ?
मलाई हेर के म रोएको छु? यसको मत्लव यो होइन कि म मान्छे हार्ड हुँ |
म रुन सक्दैन किनकी म यहाँको सुरक्षा गार्ड हुँ |
धैर्य राख मनलाई सम्हाल मौका परे तिमी पनि कसैको लगाइ हाल |
तिमी डराउनु प्रदैन यो कुरा मैले कसै सँग भनेको छैन
मैले पनि यस्तै कसैको लगाएको हुँ मेरो त यहाँ केही पनि छैन |
क्युलर्स ले भन्यो तिमीले जे भन्यौ त्यो कुरा एकदम ठीक हो सही हो
तर तिमीले जो लगाएको छौ त्यही मेरो हो, त्यही नै मेरो हो |