डन भनिने दिपक मनाङेलाई बिशेष अदालतमा

काठमाडौं  । सम्पत्ति शुद्धीकरण मुद्दामा बिशेष अदालतमा हाजिर हुन दिइएको आदेशको अवज्ञा गरेको भन्दै पक्राउ गरिएका डन भनिने दिपक मनाङेलाई आज बिशेष अदालतमा पेश गरिएको छ ।

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरोको टोलीले मनाङ्गेलाई हिजो कमलपोखरीको सिटी सेन्टरबाट पक्राउ गरेको थियो । हिरासतमै राखेर अनुसन्धान गर्न अनुमतिका लागि मनाङ्गेलाई विशेष अदालतमा पेश गरिएको हो । 
बिशेष अदालतमा उपस्थित मनाङेले भने अदालत आफैले दिएको समय भन्दा पहिले नै आफुलाई पक्राउ गरेको भन्दै आक्रोश पोखेका थिए ।
RSS