गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखॉचीका व्यापारीले मुल्य सुचि नै नराखी खाद्य साम्रगी विक्री गरेको पाईएको छ । मुल्य सुचि नराखे पछि व्यापारीहरुले आफु खुसी मुल्य लिने गरेको उपभोत्ताहरुको भनाई रहेको छ ।
जिल्ला प्रशासनले गरेको अनुगमनको शिलशिलमा जिल्लाका कुनै पनि व्यापारी मुल्य सोचेको राखेको नपाईएको सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालले जानकारी दिए । प्रशासनले विगत एक हत्ता देखी अनुगमनलाई तिव्रता दिएको छ ।
अनुगमनको क्रममा सस, मिठाई, चाउचाउ, विस्कुट, दालमोड लगाएतका खाद्य साम्रगीको समय गुज्रिसेकेको अवस्थामा पनि बेच्न राखेको भन्दै करिव ५० हजार बराबरको साम्रगी नियन्त्रणमा लिनुको साथै व्यापारीलाई तारेखमा समेत राखेको छ ।
मुल्य सुचि नहुदॉ एउटा पसलमा ५० मा पाईने सामान अर्को पसलमा ६० रुपैया तिर्न बाध्य भएको उपभोत्ता हक हित संरक्षण समितीका के एल शर्माले बताए । नियम विपरित कार्य गरेका लगभग ३० भन्दा वढी व्यापारीलाई प्रशासनले तारेखमा राखेको नासु प्रकास भट्टराईले बताए ।
जिल्लाका अधिकाम्स पसलमा मुल्य सुची नराखिएका ,उत्पादन मिति र अन्तिम उपभोग्य मिति नराखिएका दैनिक उपभोग्य सामाग्री भेटिएका छन् ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।