नेपालगञ्जका दुई विद्यार्थीको हत्यामा संलग्न मोष्ट वान्टेड प्रहरीको फन्दामा

नेपालगञ्ज । तीन बर्षअघि नेपालगञ्जका दुइ जना स्कुले विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोग लागेको जियाउल मनिहारलाई बाँके प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । नेपालगञ्जका विद्यार्थीद्वय लीलाधर भट्ट र कपिल द्ववेदीलाई मनिहारको समूहसहितको समूहले अपहरण गरेको थियो ।


विद्यार्थीद्वयको परिवारबाट फिरौती लिएपछि पनि अपहरणकारीहरुले २०६७ साल असोजमा दुवै विद्यार्थीको घाँटी रेटेर हत्या गरेका थिए । नेपाल प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेको जियाउल मनिहारलाई बाँके प्रहरीले गत असार १७ गते नेपालगञ्जबाटै पक्राउ गरेको थियो ।


लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेको वकिल दर्जीमाथि अनुसन्धान गर्दै जाँदा उक्त ब्यक्ति मोष्टवान्टेड जियाउल मनिहार भएको खुलेको प्रहरीले जनाएको छ । मनिहारमाथि चार वर्ष पहिले बाँकेको इन्द्रपुरमा गंगाराम पासी र मुन्ना यादवको पनि हत्या गरेको अभियोग लागेको छ ।


 सीमा क्षेत्रका थुप्रै आपराधिक क्रियाकलामा समेत संलग्न मनिहार चार बर्षदेखि तराई जनतान्त्रिक पार्टी मधेश नामक भूमिगत समुहमा संलग्न रहँदै आएको थियो । कपिल र लीलाधरको हत्यामा संलग्न मध्ये अभैm ६ जना फरार रहेका छन् ।

 

RSS, IMAGECHANNEL