काठमाडौं । गोलमेच सम्मेलनबारे नेकपा-माओवादीसहितका ३३ दलले राखेको ५ बुादे माग उच्चस्तरीय राजनीतिक समितिले अस्वीकार गरेको छ ।
चार दलीय समिति र तेतीस दलीय मोर्चाबीच आज काठमाडौमा भएको वार्तामा मंसिर ४ को निर्वाचन स्थगित गर्नुपर्नेसहित गोलमेच सम्मेलनको ऐजेण्डा मोर्चाका तर्फबाट प्रस्तुत भएको थियो ।
चार दलले मंसिर ४ को चुनावलाई असर पर्ने गरी गोलमेच सम्मेलन गर्न नसकिने स्पष्ट जवाफ दिएपछि वार्ता भाडिएको हो । बैठकमा आरोप प्रत्यारोप गरी बाहिरिएका नेताहरुले वार्ता भांडेको आरोप एक अर्कामाथि लगाएका छन ।
दुबै पक्षका नेताहरुले अब गोलमेच सम्मेलनको एजेण्डामा वार्ता नहुने जनाएका छन् । केही दिन अघि चार दलीय राजनीतिक समिति र माओवादी नेतृत्वको मोर्चा गोलमेच सम्मेलन गर्न सहमत भई त्यसको प्रक्रिया, सहभागी र मिति पछि तय गर्ने निचोडमा पुगेका थिए ।
RSS