काठमाडौं । विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले नेपालमा अझै पनि वाल विवाह अन्त्य हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
आज राजधानीमा युनिसेफले गरेका कार्यक्रममा सहभागीहरुले नेपालमा बालविवाह अन्त्यका लागि सरकार र सरोकारवाला निकायले ठोस प्रयास गर्नुपर्नेमा जोड दिए ।
विश्वमा प्रत्येक एक मिनेटमा २७ जना वालवालिकाको विवाह हुने गरेको उल्लेख गर्दै उनीहरुले वालविवाहले शारीरिक र मानसिक विकासमा नकारात्मक असर पु-याउने वताए ।
दक्षिण एशियाका नेपाल, भारत, वंगलादेश र पाकिस्तानमा बालविवाहको दर उच्च रहेको भन्दै सहभागीहरुले बालविवाह अन्त्य गर्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वालविवाह र त्यसले पार्ने नकारात्मक असरबारे लघु नाटक पनि प्रस्तुत गरिएको थियो ।
RSS, IMAGECHANNEL