अमेरिकाको कोलोराडो राज्यमा आएको बाढीमा परी चार जनाको मृत्यु भएको छ भने थुप्रैं हराइरहेका छन् ।
वाढीका कारण थुप्रै घर र सवारी साधन डुबेका छन् । वाढीमा फसेकाहरुको उद्धारका लागि प्रयास भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
गत बुधबारदेखिको वर्षा र बाढीका कारण बिस्थापित बनेकाहरुका लागि बनाइएका अस्थायी टहरामा समेत पानी पसेपछि उद्धार कार्यमा कठिनाई भएको छ ।
AGENCIES