भारत – पाकिस्तान वार्ता शुरु गरिने

पकिस्तान  । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भारतसँग सन् १९९९ मा वार्ता जहाँ रोकिएको थियो त्यहीबाट शुरु गरिने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका सरिफले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग उच्चस्तरीय वार्ता हुने जानकारी दिँदै दुई देशबीचको सम्बन्ध सुदृढ गर्न सबै प्रयास हुने बताए । दुई नेताबीच आगामी आइतवार भेटवार्ता हुँदैछ । 
भारतीय समकक्षी सिंहसँग वार्ता गर्न पाउँदा आफू खुशी हुने भन्दै उनले सन् १९९९ मा हामीले जहाँ वार्ता छाडेका थियौं त्यहीबाट शुरु गर्नेछौ, भने । पछिल्लो पटक सरिफ प्रधानमन्त्री रहेका बेला सन् १९९९ मा भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीसँग भेटवार्ता भएको थियो । त्यसको केही समयमै जनरल परवेज मुसर्रफले सैन्य कू गरी आफै सत्तामा पुगेका थिए ।
 
यता, भारतीय प्रधानमन्त्री सिंहले नेपाल, बंगलादेश, पाकिस्तानलगायत छिमेकी देशका सरकार र राष्ट्रप्रमुखहरुसँग द्विपक्षीय वार्ता हुने बताएका छन् । सिंह र सरिफबीच भारत