बग्दादका विभिन्न क्षेत्रमा गराइएको बिष्फोटमा कम्तिमा २१ जना मारिए

बग्दाद  । इराकको राजधानी बग्दादका विभिन्न क्षेत्रमा गराइएको बिष्फोटमा कम्तिमा २१ जना मारिएका छन् । उत्तरी सबाब अल-वाओरको बजार क्षेत्रमा गराइएको विष्फोटमा १४ जना मारिएका छन् भने ४० भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यस्तै उत्तरी डोरा जिल्लामा गराइएको विष्फोटमा ७ जना मारिएको अधिकारीहरुले जनाएका छन् । 
इराकमा पछिल्लो समय सुन्नी र शिया समुदायबीचको साम्प्रदायिक तनावका कारण हिंसात्मक घटना बढेका छन् । यस वर्ष अहिलेसम्ममा ५ हजार भन्दा बढी मारिईसकेका जनाइएको छ ।
AGENCIES