काठमाडौं । सबै राजनीतिक दलहरुबीच सहमति नभएसम्म मंसीर ४ का लागि तय गरिएको संविधानसभा चुनाव स्थगित गर्न नागरिक सभाले माग गरेको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी नागरिक सभाले शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा नेकपा-माओवादी लगायतका दलहरुलाई बाहिर राखेर चुनाव गर्नुको औचित्य नहुने भन्दै मंसीर ४ को निर्वाचन स्थगनको माग गरेको हो ।
मुलुकभित्रका राजनीतिक शक्तिहरुबीच सहमति नहुनु र चुनावका नाममा बाह्य शक्तिको हस्तक्षेप बढेर गएको भन्दै नागरिक सभाका संयोजक डा. रमेश ढुंगेलले मंसीर ४ का लागि तय गरिएको चुनाव स्थगित गर्नुपर्ने धारणा राखे । दलहरुबीच सहमति भएपछि छरितो संविधान सभाका लागि चुनाव गरिए त्यो राष्ट्र र जनताको हितमा हुने पनि नागरिक सभाको ठहर रहेको छ ।
RSS, IMAGECHANNEL