एकीकृत माओवादीद्धारा ४० क्षेत्रमा उम्मेदवार टुंगिएको सार्वजनिक

प्रकाश तिमल्सिना, नागरिक
काठमाडौं – एकीकृत माओवादीले संविधानसभा निर्वाचन प्रयोजनका लागि मगरात, तमुवान र कोचिलाका गरी थप ४० निर्वाचन क्षेत्रका पार्टी उम्मेदवार टुंगो लगाएको छ। पार्टीले आइतबार नै ४० क्षेत्रमा टुंगिएको सार्वजनिक गरेको थियो । सोमबार अबेर टुंगिएको बाँकी नाम सार्वजनिक गर्न बाँकी छ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा सोमबार बसेको केन्द्रीय कार्यालय र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले करिब ४० क्षेत्रको टुंगो लगाएको हो । सोमबारसम्म टुंगोमा पुगेका उम्मेदवारको सूचीअनुसार अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र वर्षमान पुन दुई