शिर्ष नेताले भने लुम्बिनी हाम्रो प्रथमिकता, रुपन्देहीबाट ७ निर्वाचन केन्द्रको लागि १ सय ९८ जनाको उम्मेदवारी

– कृष्ण खनाल

 

भैरहवा  । अगामी संविधान सभाको लागि उमेदवारी दर्ता गराउन गएका शिर्ष नेताहरुले आफ्नो प्रथमिकतमा लुम्बिनी पहिलो प्रथमिकता भएको बताएका छन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव विष्णु पौडेल, एनेकपा माओवादीका उपाध्यक्ष तथा पुर्वप्रधान मन्त्री बाबुराम भट्राई लगाततका नेताहरुले  लुम्बिनीको विकासको लागि आफ्नो जित आवश्यक भएको बताएका थिए ।  सञ्चार कर्मीहरु संगको कुराकानीमा उनीहरुले आफ्नो जित सुनिश्चित भएको दावि गर्दै पहिलो प्रथमिकतामा लुम्बिनी  रहेको बताएका थिए ।


संविधान सभा सदस्य निर्वाचतको लागि रुपन्देहीबाट  १ सय ९८ जनाको उमेदावरी परेको छ । अगामी मंसिर ४ मा हुने निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, तराई मधेस लोकतान्त्रीक पार्टी, मधेसी जनाधिकार फोरम, फोरम लोकतान्त्रीक,  नेपाल मजदुर किसान  पार्टी, राष्ट्यि प्रजातन्      त्र पार्टी, राप्रपा नेपाल, जनमुक्ति पार्टी, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, दलित जनजाती पार्टी, शिव सेना नेपाल, लोकतान्त्रीक युवा पार्टी, अखण्ड नेपाल पार्टी, तराई मधेस फोरम, थरुहट पार्टी, थारु संयुक्त राष्टिय मोर्चा र स्वतन्त्र गरी १ सय ९८ जनाको उ्मेदवारी परेको हो ।
रुपन्देहीको क्षेत्र नम्बर १ बाट २९ जना, २ बाट ३५ जना, ३ बाट ३० जना, ४बाट २१ जना, ४ बाट २४ जना, ६ बाट ३० जना र ७ बाट २९ जना गरी कुल १ सय ९८ जनाको उमेद्वार िदर्ता भएको हो ।


सर्वाधिक चर्चाको विषय बनेको रुपन्देहीको  क्षेत्र नम्बर ४ बाट  २१ जनाको उमेद्वारी परेको छ । एकिकृत नेकपा माओवादीका उपाध्यक्ष  बाबुरा भट्राई, नेकपा एमालेबाट सचिव विष्णु पौडेल, नेपाली कांग्रसबाट सूर्य प्रसाद प्रधान, राष्ट्यि जनमुक्ति पार्टीबाट भिम बहादुर गुरुगं, राष्ट्यि  लोकतान्त्रीक युवा पार्टीबाट नारायण घिमिरे, नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर वासी, राप्रपा बाट शेर बहादुर गोतामे, राप्रपा नेपालबाट शक्ति प्रसाद सापकोटा , थारुहट पार्टीबाटलक्ष्मण थारु, तमलोपा बाट भिममाया पछाई र स्वतन्त्र रुपमा तुलसीराम घिमिरेले उमेदवारीदर्ता  गराएका छन ।


त्यस्तै क्षेत्र नम्बर ५ बाट एमाओवादीबाट दधिराम न्यौपाने, नेमकिपाबाट जग्गीलाल थापा, राप्रपा नेपालबाट शोवित लम्साल, राष्टिय जनमुक्ति  युवा पार्टीबाट बम बहादुर दर्लामी, तपलोपाबाट मह्मोद ईस्लाम र  स्वतन्त्र रुपमा अब्बु हरेश मुलसवानले उमेदवारी दिएका छन ।


त्यस्तै क्षेत्र नम्बर ७ बाट नेकपा एमालेबाट मक्सुद अली, तमलोपाबाट सन्तराम प्रसाद लोध, नेपकिपाबाट हिरामाणी पाण्डे, राष्टिय शिवसेना पार्टी बाट ईन्द्रमणि अहेर, राप्रपाबाट गंगाराम कलहर, राप्रपा नेपालबाट विरेन्द्र क्षेत्री,थारुहट तराई पार्टीबाट केशव चौधरी, तमलोपा बाट कमलेश्वर पुरीले उमेदवरी दर्ता गराएका छन ।


त्यस्तै रुपन्देही क्षेत्रनम्बर ३ बाट एकिकृत  नेकपा माओवादीबाट भरत अर्याल, नेमकिपाबाट शंकर भण्डारी, राप्रपाबाट दुर्गा बहादुर कार्की, जनमुक्ति पार्टीबाट झम बहादुर गुरुगं, राप्रपा नेपालबाट खिमलाल कण्डेल,  थारुहट संयुक्तबाट मंगल प्रसाद यादब, थारुहट राष्टिबादी मोर्चाबाट प्रेम कुमारी चौधरी,   र स्वतन्त्र रुपमा २ जनाको  उमेद्वारी परेको छ   । देव प्रसाद गुरुगं र गंगादेवि पोखेर भटराईले स्वतन्त्ररुपमा उमेदवारी दर्ता गरेका हुन ।


त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ बाट एमाओवादीका देवेन्द्रनाथ पाण्डे, नेमकिपाबाट लक्ष्मण श्रेष्ठ, राप्रपाबाट सिताराम सिंह क्षेत्री, राप्रपा नेपालबाट मुल्ललु अहेर,  राष्ट्यि जनमुक्ति युवा पार्टीबाट दल बहादुर विरकट्टाले उमेद्वारी दर्ता गराएका छन। भने सोही निर्वाचन क्षेत्रमा ३ जनाको स्वतन्त्र रुपमा उमेद्वारी परेको छ । विक्रम प्रसाद यादब, तेजलाह ड्म्रे, रमेश कुमार गुप्ताले स्वतन्त्र रुपमा उमेदेवारी दिएका हुन  ।


उनीहरुले निर्वाचन कार्यालयबाट तोकिएको समयमा उमद्वारी दर्ता गराएका थिए । उमेद्वारी दिन जाने क्रममा सञ्चार कर्मीहरु संग गरेको संक्षिप्त कुराकानीमा नेकपा एमालेका सचिव विष्णु पौडेलले राष्टिव्यापी रुपमा एमालेमा निर्वाचनको लहर आएको भन्दै क्षेत्रनम्बर ४ एमालेको किल्ला भएको कारण आफुले जित्नेमा सनिश्ति भएको बताएका थिए । उनले विभिन्न हल्ला आएको भन्दै को काहा काट आएको भन्दा पनि  रुपन्देही  क्षेत्र नम्बर ४ एमालेलको किल्ला भएको कारया अन्तरिक्षबाट आएपनि कसैले हराउन नसक्ने बताएका थिए ।


 उनले भने ० रुपन्देहीका सबै क्षेत्रमा एमालेको जित सुनिश्चित छ त्यसमा पनि क्षेत्र नम्बर ४ एमालेको किल्ला हो जसमा कसैले हराउन सक्ने तागद छैन ।


त्यस्तै क्षेत्र नम्बर ३ मा उमदेवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री वालकृष्ण खाणले प्रजातन्त्रीक सक्तिको विजय नभएको कारण विगतमा संविधान सभाबाट संविधान नबनेको कारण अगामी मंसिर  ४ मा हुने संविधान सभा निर्वाचनमा  प्रजातान्त्रीक शक्तिको बहुमत आउने दावी गरे । उनले भने यसपटको निर्वाचनमा  हामी ठुलो शक्तिको रुपमा आउनेछौ यसमा कुनै आशंका छैन ।

 

उम्मेदवारी दर्ता गराउन एनेकपा पञ्चे तथा वेण्ड वाजा सहित निर्वाचन कार्यालयमा गएका एनेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्राईलेदिएपछि सञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिदै नेता भट्टराईले लुम्बिनीको बिकास र संबिधान निमार्णका लागि आफुले रुपन्देही ४ बाट उम्मेदवारी दिएको बताएका थिए । उनले स्थीर र सुसासन युत्त समाज निमार्णका लागि आफुले उम्मेदवारी दिएको बताउदै अबको संबिधान सभाले संबिधान बनाउने दावी गरे ।