न्यूर्योक (एजेन्सी) । अमेरिकी संसद भवनबाहिर गुडिरहेको कारमा सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा भएको गोलाबारीमा एक महिला र एक सुरक्षाकर्मी मारिएका छन् ।
चेकजाँचका क्रममा कार रोक्न सुरक्षाकर्मीले गरेको आग्रहलाई बेवास्ता गर्दै कार चालक भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली हानी कार रोक्ने प्रयास गर्दा कार चालक महिला मारिएकी हुन् ।
कारबाहीमा एक सुरक्षाकर्मी पनि मारिएका छन् । कारमा महिलासँगै रहेका एक बालिकालाई भने सकुशल उद्दार गरिएको छ । गोली प्रहारका क्रममा संसद भवनभित्र रहेका सांसदहरुमा त्रास फैलिएको थियो ।
घटना आतंकवाद सम्बन्धित नभएको जनाइएको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।