(एजेन्सी) । इटालीमा भएको डुंगा दुर्घटनामा मर्नेको संख्या १ सय ३० नाघेको छ । इटालीको समुन्द्री तट हुँदै अफ्रिकी आप्रवासीहरुलाई ओसार्दै गरेको डुंगा दुर्घटनामा आगो लागेको हल्ला चलेपछि धेरै समुन्द्रमा हाम्फालेका थिए ।
डुंगामा सोमालिया र इरिट्रियाका नागरिकहरु धेरै संख्यामा थिए ।
डुंगामा रहेका ५०० जना मध्ये अझै २ सय जना बेपत्ता रहेका उद्दारकर्ताहरुले जनाएका छन् ।