बारा । बारा क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार मोहम्मद आलममाथि आज गोली प्रहार भएको छ ।
त्रिभुवन राजपथस्थित पर्दानी पुलको चैनपुरमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अज्ञात व्यक्तिहरुले आलममाथि गोली प्रहार गरेका हुन् ।
आफ्ना शुभेच्छुकहरुसँग कुराकानी गरिरहेको अवस्थामा आलममाथि गोली प्रहार भएको स्थानीयवासीले जनाएका छन् ।
गोली लागेपछि गम्भीर घाइते भएका आलमलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौंको त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
मोटरसाइकलमा सवार अज्ञात ब्यक्तिहरुले आलममाथि पाँचवटा गोली प्रहार गरेको स्थानीवासीहरुले बताएका छन् ।
स्रोत: नेपाली संचारमाध्यम