महिला अधिकारकर्मीहरुले डिआईजी पार्वती थापाको न्यायसंगत ढंगले प्रहरी महानिरीक्षकमा बढुवा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी अधिकारकर्मीले थापाको बढुवामा पुरुषप्रधान भेदभाव स्विकार्य नहुने बताए ।
कात्तिक ३१ गतेदेखि प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको अवकाश हुने भएकाले रोलक्रममा पनि थापा सिनियर रहेकोले उहाँलाई नै प्रहरी महानिरीक्ष बनाउँदा कानुन सम्वत् हुने उनीहरुको भनाई छ ।
महिला सुरक्षा संगठनकी अध्यक्ष शारदा पोखरेलले महिला भएकै कारण थापालाई महानिरिक्षक बनाउँनबाट पाखा नलगाए उहाँ नेपालकै पहिलो महिला प्रहरी महानिरीक्षक बन्ने बताउनुभयो । थापाले महिला भएकै कारण आफ्नो अधिकार नपाए राज्यले आन्दोलनको सामाना गर्नुपर्ने पोख्रेलको भनाई छ ।
संकल्प संस्थाकी अध्यक्ष दुर्गा सोबले डिआइजी थापाको आइजिपीमा बढुवा नभए देशैभरि आन्दोलन गरी संविधान सभाको चुनावलाई समेत असर गर्ने दावी गर्नुभयो ।
नेपाल पत्रकार महांसघकी उपाध्यक्ष यशोदा तिमिल्सिनाले अझै पनि नीति निर्माण तहमा महिलाको उपस्थित् न्युन रहेको भन्दै थापाको बढुवा महिला अधिकार सुनिश्चितका लागि र लैङ्कि समानताका लागि पनि कोसेढुंगा हुने बताउनुभयो ।