– प्रेमनारायण आचार्य
नेपाली काग्रेसका नेता तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा.रामबहादुर बिसीले लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउनु भएको छ । उहाले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दर्ुइ तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
नेपाली काग्रेसले चुनाबि प्रचार प्रसार अभियान अर्न्तर्गत हसपुर गाविसको रतनमारेमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममालाई सम्बोधन गदै नेता बिसीले नेपाली जनताको पक्षका साथै गरिब र निमुखा बर्गको संबिधान लेखिने बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका नेता तथा पर्ुब मन्त्री रेवतीप्रसाद भुसालले एमाओबादीका कारण पहिलो संबिधान सभाको निर्बाचनबाट संबिधान बन्न नसकेका आरोप लगाउदैे नेपाली जनताको लोकतान्त्रिक संबिधान निर्माण गर्नका लागि पनि जनताले काग्रेसलाइ पहिलो पाटी बनाउने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा जिल्ला सचिब बासुदेब आचार्य कार्यक्रममा समानुपातिक उम्मेद्धार निर्मला क्षेत्रि काग्रेसका अंचल समन्वय समितिका सदस्य बिष्णुप्रसाद खनाल मुस्कान, कोषाध्यक्ष हरिबहादुर खड्का , जिल्ला सदस्यहरु भोज बहादुर बस्नेत ,केशब श्रेष्ठ आमन्त्रित जिल्ला सदस्य माधब भुसाल , बाबुराम पौडेल क्षेत्रिय सचिब बष्णु क्षेत्री नेपाल महिला सघंकी सभापति शुशिला खनाल उपाध्यक्ष राधा आचार्य नेपाल दरुण दलका रमेश श्रेष्ठ , नेबिसघका सभापति बिजय क्षेत्री भुत पर्ुब सैनिक संघका सभापति गोपाल अर्याल , उपाध्यक्ष राम बहादुर परियार नेपाल दलित संघका सभापति मणिाम परियार ,क्षेत्रिय सदस्य कबिराज थापा , बैकुठ थापा , धर्म खनाल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला सचिब लोकेन्द्र सब कको संचालन हसंपुरका सभापति कृष्ण बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।