अड्गुरीमा २ सय ५० जना काग्रेसमा प्रबेस

– प्रेमनारायण आचार्य 
नेपाली काग्रेस क्षेत्र नम्बर २ को प्रचार प्रसार कार्यक्रम अर्न्तर्गत घरदैलो, कोणसभा तथा अन्तरक्रिया कार्यक्रम अड्गुरी र पाली गाविसका बिभिन्न स्थानमा सम्पन्न भएको छ । 
कार्यक्रममा अड्गुरी वाड न. ३ का २ सय ५० जना एमाले परित्याग गरि नेपाली काग्रेसमा प्रबेस गरेको काग्रेसका क्षेत्रीय सभापति मणिराम पौडेलले बताएका  छन ।  पालीमा एनेकपा माओबादी परित्याग गरि बामपन्थी आन्दोलनका अगुवा देबीराम घिमिरे नेपाली काग्रेसमा प्रबेस गरेका छन । 
कार्यक्रममा मन्तब्य राख्दै  नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा क्षेत्र नं. २ की उम्मेदार पुस्पा भुसालले अर्घर्ााँची जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशtm रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो । 
उहाले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको  संबिधान पनि  बन्ने बताउनु भयो ।
कार्यक्रममा काग्रेसका  जिल्ला सभापती कमल प्रसाद भुसाललेे अर्घर्ााँचीको बिकासका लागि नेपाली काग्रेसले खेलेको भुमिका महत्वपर्ुण्ा रहेको स्मरण गर्दै अर्घर्ााँचीका दुबै सिटमा भारी मतले काग्रेसको जीत सुनिस्चित रहेको बताउनु भयो ।  
कार्यक्रममा  महासमिति सदस्य हिम्मत टण्डन, महाधिबेसन प्रतिनिधि तथा  कमल बिक, शान्ता भण्डारी,  जिल्ला सदस्य अमिर हाम्जा, क्षेत्र नम्बर २ का सभापति मणिराम पौडेलर्,  सचिब हेमन्त पौडेल,  पर्ुब क्षेत्रीय सभापति कृष्ण शर्मा , नेपाल महिला संघकी छमा कार्की, , काग्रेसका बुद्धी न्यौपाने, पुस्करनाथ पोख्रेल,  लगायतले मनतब्य राख्नु भएको थियो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु