प्रेमनारायण आचार्य
ढिकुरा, अर्घाखाँची । नेपाली काग्रेस निर्बाचन क्षेत्र नम्बर २ को चुनाबी प्रचार प्रसार कार्यक्रम अन्तर्ग ढिकुरामा कोण सभा तथा चुनाबी सभा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्र्सकी केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ कि उम्मेद्धार पुस्पा भुसालले अर्घाखाँची जिल्लाका केहि राजनितिकदलले चुनाब आफ्नो पक्षमा पर्न झुटा अश्वासन दिएको अरोप लगाउनु भएको छ ।
ढिकुरामा चुनाबी सभामा बोल्दै भुसालले जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशतm रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो । उहाले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेकाले बताउदै निर्बाचनमा आफुहरुलाई दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
काग्रेस जिल्ला सभापति कमल प्रसाद भुसालले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय हुने दाबि गदै जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको बताउनु भयो ।
कार्यक्रमम काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निश्चित जस्तै भएको र संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा महासमिति सदस्य महेन्द्र भुसालले ढिकुरा बासीले अर्घाखाँचीको बिकासका लागि नेपाली काग्रेसलाई जिल्लाका दुबै क्षेत्रबाट काग्रेसलाइ दुई तिहाइ मतका साथ बिजयी गराउने पनि बिश्वास ब्यत गर्नु भयो ।
कार्यक्रममा जिल्ला सदस्य धर्मराज भुसाल ,ज्ञानु बि क प्राधयापक दिनेशमणि घिमिरे, काग्रेस सन्धिखर्कका सभापति नेत्र भट्टराइ नेबिसंघका जिल्ला सचिब युबराज पाण्डे, चिरञ्जिबी महाधिबेसन प्रतिनिधि प्रितम थापा , जिल्ला आमन्त्रीत सदस्य प्रेमनारायण बेल्बासे, खाचीकोटका सभापति बिष्नु भुसाल नुवाकोट सभापतिका अशोक श्रेष्ठ , धनचौरका सभापति मानबहादुर रायमाझी , कार्यबहाक सभापति हेमराज भटराइ, असुरकोटका सभापति बिष्णु प्रसाद श्रेष्ठ, खिल्जीका सचिब भिम श्रेष्ठ नेपाल महिला संघकि सिता पराजुली क्षत्रिय सचिब हेमन्त बेल्बासे, सदस्य केशब रिजाल, पत्रकार महासंघका सचिब प्रेम आर्चाय , कर्मचारी संघका तारा खनाल , शिक्षक संघका दुर्गाप्रसाद आचार्य, रुकेन्द्र घिमिरे, लगायतले कार्यक्रममा मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम काग्रेस ढिकुराका सभापति बिष्णुप्रसाद मरासिनीको अध्यक्षता , हरिप्रसाद दमासेको स्वागत मन्ब्य र सुर्य प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो । यसै बिच आजै नरपानीको जगतमा पनि नेपाली काग्रेसको चुनाबी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेताहरुले अर्घाखाँचीको बिकासका लागि नेपाली काग्रेसलाई जिल्लाका दुबै क्षेत्रबाट काग्रेसलाइ दुई तिहाइ मतका साथ बिजयी गराउने पनि आग्रह गरेका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।