सुनसरीको धरानमा चार ठाउँमा बम फेला, मतदान केन्द्रलाई लक्षित गरी बम राखिएको आशंका

काठमाडौं  । सुनसरीको धरानमा चार ठाउँमा बम फेला परेको छ । बुद्ध चोक, शान्ति पथ, छाता चोक र कलेज रोडमा फेला परेको सकेट बम सुरक्षाकर्मीले निष्क्रिय बनाएको छ ।
कलेज रोडमा महेन्द्र क्याम्पस नजिकै तथा शान्तिपथमा औजार दैनिकको कार्यालयनजिक बम फेला परेको हो । मतदान केन्द्रलाई लक्षित गरी बम राखिएको आशंका गरिएको छ । 
 
दाङको तुल्सीपुरको गाईडर, घोराही र ढिकपुरमा अज्ञात समूहले सुतली बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विस्फोटबाट क्षति भने भएको छैन । 
म्याग्दीको घतान गाविस नेप्टेचौरस्थित मतदान केन्द्र रहेको राष्ट्रिय मावि नजिक फेला परेको दुईवटा बम नेपाली सेनाले निष्क्रिय गरेको छ । 
बाग्लुङ क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार प्रकाश पौडेलको घरमा फेला परेको सुतली बम प्रहरीले निष्क्रिय पारेको छ । 
सप्तरीको राजविराज रुकनी रोड पश्चिम बसपार्कको टिकट काउन्टर र जिल्ला निर्वाचन कार्यालय नजिकै फेला परेको सकेट बम सेनाले निष्क्रिय पारेको छ । 
नुवाकोटको चौघडा गाविस वडा नम्बर २ सिमरामा सिलिण्डर बम विस्फोट गराएका छन् भने क्षेत्र नम्बर १ कुमरी गाविस वडा नम्बर ९ खनायोखर्कमा ग्रिनेड विस्फोट गराइएको छ । नुवाकोटकै ओखरपौवामा कांग्रेस कार्यकर्ता राजकुमार लामामाथि एकीकृत माओवादी कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका छन् । 
 
कैलालीको धनगढी नगरपालिका वडा नम्बर