संकटकाल लगाएर संविधान सभाको म्याद थप गर्न नसक्नु आफ्नो जीवनकै ठूलो गल्ती:भट्टराई

एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले आफ्नो पार्टी अरु भन्दा फरक हुन नसक्दा चुनावमा हार ब्यहोर्नुपरेको बताउनुभएको छ ।
माओवादी आन्दोलन उन्नत र वैकल्पिक राज्यसत्ता, समाज र संस्कृति निर्माण गर्ने महाअभियान भएपनि अरु दलहरुभन्दा तात्विक फरक देखिन नसक्दा हार ब्यहोर्नुपरेको बताउनुभएको हो ।